Saturday, December 12, 2015

उकाली ओराली हरुमा 

गायन : तारा देवी
शब्द : चाँदनी शाह
संगीत : नातिकाजी

(Gm)उकाली ओराली हरुमा भंज्याँङ अनि चौतारी हरुमा
(F)सुन्दर ति दह (Gm)हरुमा(Bb)हिमालका (F)विशाल छाती(Gm)हरुमा
(Gm)जहाँ जहाँ जान्छौ (F)तिमी म पाइला बनि (Bb)पछ्याई (Gm)रहन्छु
ति (Bb)छहरा (F)खोला खहरे हरुमा सम्झना बनि (Bb)बगि (Gm)रहन्छु

(Gm)तराईका हरिया (F)फाँटमा (Bb)पहाडका तरेली (F)हरुमा
(C)हिमालका सुन्दर अनि (F)बिकट ति (Bb)बस्ती (C)बस्ती (Gm)हरुमा
(Gm)जहाँ जहाँ जान्छौ (F)तिमी म बाटो बनि (Bb)साथै आइ (Gm)रहन्छु
ति (Bb)सुस्केरा (F)थकाई शुशेली हरुमा गीत बनि (Bb)गुन्जी (Gm)रहन्छु

(Gm)मुटु कमाउने (F)जाडोहरुमा (Bb)कपाल दुख्ने गर्मि (F)हरुमा
(C)मन हर्ने सुन्दर (F)दृश्य (Bb)शान्त (C)शीतल वातावरण(Gm)मा
(Gm)जहाँ जहाँ जान्छौ (F)तिमी म आकाश बनि (Bb)देखि (Gm)रहन्छु
ति (Bb)लेक (F)बेशी अनि पाखाहरुमा पवन बनि (Bb)भेटि (Gm)रहन्छु 

No comments:

Post a Comment