Friday, May 1, 2015

रेशम फिरीरी 

गायन : द्वारिका लाल जोशी, सुन्दर श्रेष्ठ
शब्द : बुद्धि परियार
संगीत : बुद्धि परियार

(D)रेशम फिरिरी रेशम फिरि(A)री
(D)उडेर जाउँ कि डाँडामा भन्ज्यांग (A)रेशम फिरि(D)री

(D)एकनाले बन्दुक दुइनाले बन्दुक (Em)मृगलाई (D)ताकेको
(D)मृगलाई मैले ताकेको होइन (Em)मायालाई (D)डाकेको

(D)आकाशमा जहाज सडकमा मोटर (Em)नभए (D)गाडा छ
(D)यो मन जस्तो त्यो मन भए (Em)तागतै (D)गाढा छ

(D)सानोमा सानो गाईको बाच्छो (Em)भिरैमा (D)राम राम
(D)छोडेर जान सकिन मैले (Em)बरु माया (D)संगै जाम 

No comments:

Post a Comment