Friday, May 1, 2015

हेर्दा राम्रो माछापुछ्रे

गायन : कुमार बस्नेत
शब्द : बुद्धि परियार
संगीत : बुद्धि परियार

(Bm)हेर्दा राम्रो (A)माछापुछ्रे मारे राम्रो माछा
(Bm)बैगुनीलाई (A)गुनले मार्छु खोजी ल्याईदेउ काँछ

(Bm)जुन खोलामा (A)पानी छैन उहि खोलामा भोटी
(Bm)आफ्नो पोइलाई (A)बासी मकै नाठे पोइलाई रोटी

(Bm)तालको माछा (A)तालमा रह्यो धागोको पातमा
(Bm)अरुलाई (A)बोली बचन कान्छीलाई काखमा

(Bm)देला मुनि (A)टिके फापर गाइले खाए खाला
(Bm)लाको माया (A)छोड्ने छैन गए गर्दन जाला

(Bm)भात पाक्यो (A)गुदु गुदु तिउनलाई नुन छैन
(Bm)ढुकुर जस्तो (A)शरीर दिँदा तिम्लाई गुन छैन

(Bm)रत्नमन्दिर (A)बंगलामा बसिहाले पाले
(Bm)आजकलको (A)केटि हरु केटा रोज्न थाले 

No comments:

Post a Comment